टिप्परको ठक्करबाट साइकलयात्रीको ज्यान गयो, आक्रोशित भीडले टिप्पर नै तोडफोड गर्‍यो

हिमाल प्रेस ३१ साउन २०८३ ७:४२ | Sunday, August 16, 2026
टिप्परको ठक्करबाट साइकलयात्रीको ज्यान गयो, आक्रोशित भीडले टिप्पर नै तोडफोड गर्‍यो

झापा- टिप्परको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो ।

शनिबार साँझ टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो ।

दुर्घटनापछि भागेका टिप्पर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिप्पर तोडफोड गरेका छन् ।
–––

प्रकाशित: ३१ साउन २०८३ ७:४२ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast