ललितपुरमा पाँच ठाउँमा चोरी गर्ने व्यक्ति नियन्त्रणमा

हिमाल प्रेस २७ साउन २०८३ ८:१९ | Wednesday, August 12, 2026
ललितपुरमा पाँच ठाउँमा चोरी गर्ने व्यक्ति नियन्त्रणमा

काठमाडौँ- ललितपुरको ललितपुर महानगरपालिका–२८ हरिसिद्धीमा पाँच ठाउँमा चोरी गर्ने एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको समाचार शाखाका अनुसार पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका १४ बस्ने ३३ वर्षीय सुरज महर्जन रहेको जनाइएको छ। उनलाई सीसीटीभी फुटेजसमेतको आधारमा प्रहरी वृत्त सातदोबाटो ललितपुरको प्रहरी टोलीले बा ९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

उनको शरीर खानतलासी गर्दा उनले बोकेको क्याट लेखिएको कालो रंगको झोलाभित्र चोरी गरी ल्याएको सुनचाँदीका गरगहनासमेत फेला परेको थियो। त्यसपछि उनलाई पक्राउ गरी चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। उनको साथबाट हार, झुमका पिंजडा , औठी, सिक्रीसहितका सामग्री फेला पारिएको छ।

पक्राउ परेका ब्यक्तको साथबाट निम्न सामान फेला परेको छ ।
क) सुनजस्तो देखीने धातुका गरगहनाहरूः-
१. सुन जस्तो देखिने रातो पोते सहितको नौ गेडी पौते सहित तौल (८१।७३।न
२. हार तौल-१४.८६ gm
३. झुमका पिंजडा १ जोर तौल-६.७८ gm
४. कानमा लगाउने झुमका १ जोर तौल-८.०२ gm
५. औठी थान एक तौल-५.१८ gm
६. सिक्रि थान एक तौल-१५.२८ gm
७. सिक्रि थान एक तौल-१०.८२ gm
८. रातो पोतेमा भएको तिलहरी थान-१ पोते सहित तौल-२३९.०७ gm
९. चुरा/बाला थान-४ तौल- ८३.९१ gm
ख) चाँदी जस्तो देखिने धातुका गरगहनाहरूः-
१. औठी थान-३ तौल-१३.४८ gm
२. चावी झुण्ड्याउने रिङ तौल-६०.३६ gm
३. हार थान-१ तौल-५४.५९ gm
४. सिक्रि हनुमानको लकेट सहितको थान-१४.९१ gm
५. ब्रासलेट थान-१ तौल-२४.१३ gm
६. पाउजु १ जोर तौल-१३.२८ gm
ग) हवाईट गोल्ड डायमण्ड जस्तो देखिने औठी थान-१
घ) हवाईट गोल्ड डायमण्ड जुली जस्तो देखिन थान-१
ङ) पुराना नयाँ सिक्काहरू
च) नगद रू.११,३९०/-(अक्षेरूपी एघार हजार तीन सय नब्बे मात्र)
छ) Bessie लेखिएको खैरो लेडिज झोला थान-१
ज) Baggit लेखिएको कालो लेडिज झोला थान-१

प्रकाशित: २७ साउन २०८३ ८:१९ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast