प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : प्रतिपक्ष सधैँ सरकारको साथमा छ, एक्लो हुनुहुन्न

हिमाल प्रेस २५ साउन २०८३ १३:५५ | Monday, August 10, 2026
10
SHARES
प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : प्रतिपक्ष सधैँ सरकारको साथमा छ, एक्लो हुनुहुन्न

काठमाडौँ-  नेपाली कांग्रेसले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा प्रतिपक्ष सधैँ सरकारको साथमा रहने बताएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै की सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको एक्लो महसुस भएको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो धारणा राखेकी हुन् ।

सांसद काउचाले प्रधानमन्त्रीलाई कालो चस्मा खोलेर हेर्न आग्रह गर्दै भनिन्, ‘तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया र संसदीय मर्यादा उल्लङ्घन हुँदा प्रतिपक्ष मौन बस्न सक्दैन।’

प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नहरूलाई घेराबन्दीको रूपमा बुझ्न नहुने उनको तर्क थियो । ‘संसद्ले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ काउचाले भनिन्, ‘यो त संसदीय लोकतन्त्रको सुन्दरता र हाम्रो संवैधानिक दायित्व हो ।’

प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको उनले आलोचना गरिन् । सीमा जस्तो संवेदनशील विषयमा तथ्य र प्रमाणका आधारमा बोल्नुपर्नेमा राजनीतिक आवेगमा दिइने अभिव्यक्तिले अन्तर्राष्ट्रिय साख र कूटनीतिक विश्वसनीयतामा धक्का पुग्ने उनले चेतावनी दिइन् । उनले भनिन्, ‘गल्ती स्वीकार गर्नु कमजोरी होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो । यदि अन्तर्मनले चाहन्छ भने जनता र संसद्सँग क्षमा माग्नुहोस्, यसले तपाईंको लोकतान्त्रिक कद घटाउँदैन, बरु बढाउँछ ।’

प्रकाशित: २५ साउन २०८३ १३:५५ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast