साउनको अन्तिम सोमबार आज : ३ बजे नै खुले पशुपतिका ढोका, श्रद्धालीको भीड

हिमाल प्रेस २५ साउन २०८३ ७:२९ | Monday, August 10, 2026
14
SHARES
साउनको अन्तिम सोमबार आज : ३ बजे नै खुले पशुपतिका ढोका, श्रद्धालीको भीड

काठमाडौँ- साउन महिनाको अन्तिम चौथो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँच लागेको छ।

बिहान वर्षा भइरहे तापनि वर्षाकै बीच श्रद्धालुहरू पूजा आराधना तथा दर्शनका लागि पशुपतिनाथ मन्दिर क्षेत्र पुगेका छन्।
साउनको सोमबार दर्शनका लागि आउने भक्तजनलाई सहज बनाउन पशुपतिनाथका चारै ढोका बिहान ३:०० बजेदेखि खुला गरिएको छ।

साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि भक्तजनहरू वाग्मती नदी किनारस्थित सुन्दरीजलमा जम्मा भएका छन्। प्रत्येक वर्ष साउनको सोमबार सुन्दरीजलमा जम्मा भई स्नान गरेर शुद्ध कपडा लगाई पशुपतिनाथमा जल चढाउने परम्परा रहेको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले बोलबम यात्रीका लागि जल चढाउन उत्तरतर्फको ढोकाको व्यवस्था गरिएको जानकारी दिएका छन्। भक्तजनले बासुकी मन्दिर हुँदै उत्तरढोकाबाट जल चढाउन सक्ने व्यवस्था मिलाइएको छ।

 

प्रकाशित: २५ साउन २०८३ ७:२९ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast