आफूनिकटलाई बाटो बिराएको खबर दिएका पूर्वमेयर मृत भेटिए

हिमाल प्रेस २४ साउन २०८३ १४:२१ | Sunday, August 9, 2026
18
SHARES
आफूनिकटलाई बाटो बिराएको खबर दिएका पूर्वमेयर मृत भेटिए प्रतीकात्मक तस्बिर।

काठमाडौँ- कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन्। गत शुक्रबारदेखि बेपत्ता सिंहको शव आइतबार जङ्गल क्षेत्रमा मोटरसाइकल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा सिंहको शव फेला परेको हो । उनले प्रयोग गर्दै आएको मोटरसाइकल भने शनिबार नै फेला परेको थियो । मोटरसाइकल भेटिए पनि सिंहको अवस्था अज्ञात रहेको थियो।

६५ वर्षीय सिंह कपिलवस्तु नगरपालिका ३ स्थित आफ्नै घरबाट शुक्रबार दिउँसो करिब २ बजे निस्किएका थियो। त्यसपछि चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रमा रहेको सिसिटिभी फुटेजमा उनी दिउँसो ३ः२७ बजे रामराज पुलतर्फ गएको देखिएको प्रहरीले जनाएको छ।

रामराज पुल पुगेपछि केही समयमै सिंहले आफूनिकट व्यक्तिलाई मोबाइलमार्फत जङ्गलमा बाटो बिराएको जानकारी गराएका थिए।

त्यसपछि आफन्त तथा स्थानीयको टोलीले उहाँको खोजी सुरु गरेको थियो ।खोजीका क्रममा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जङ्गल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु।प्र। ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा शनिबार फेला परेको थियो।

त्यसपछि प्रहरी, आफन्त र स्थानीयको टोलीले जङ्गल क्षेत्रमा खोजीलाई निरन्तरता दिएको थियो ।आइतबार मोटरसाइकल रहेको स्थान नजिकै सिंहको शव फेला परेको प्रहरी उपरीक्षक भट्टले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ साउन २०८३ १४:२१ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast