सिंहदरबारको नाम फेर्न प्रस्ताव गरेका सांसदलाई मोहन श्रेष्ठको प्रश्न : तपाईंको नाम गोबर राखौँ

हिमाल प्रेस २४ साउन २०८३ १३:५३ | Sunday, August 9, 2026
14
SHARES
सिंहदरबारको नाम फेर्न प्रस्ताव गरेका सांसदलाई मोहन श्रेष्ठको प्रश्न : तपाईंको नाम गोबर राखौँ

काठमाडौँ- सिंहदरबारको नाम फेर्न प्रस्ताव गरेपछि सांसद हरि ढकाल अहिले चर्चामा छन्। उनले सिंहदरबारको नाम फेरेर अनामनगर दरबार राख्न प्रस्ताव गरेका थिए। यो सुनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले ढकाललाई आफ्नो नाम समेत फेर्न अनुरोध गरेका छन्।

ढकालले एक सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम फेरेर अनामनगर दरबार राख्न प्रस्ताव गरेपछि श्रेष्ठले आफ्नो नाम पनि परिवर्तन अनुरोध गरेका छन्।  ‘

एउटा उपबुज्रुकले हामीसंग सिंह नै छैन सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन उसको नाम चॅाहि हरि !? गोबर नाम राखे हुन्न ?’ उनले भनेका छन्।
प्रकाशित: २४ साउन २०८३ १३:५३ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast