नारायणी नदीको कटान नियन्त्रण गर्न रातभर खटिएर सेनाद्वारा अस्थायी तटबन्ध निर्माण

हिमाल प्रेस २४ साउन २०८३ ११:३९ | Sunday, August 9, 2026
6
SHARES
नारायणी नदीको कटान नियन्त्रण गर्न रातभर खटिएर सेनाद्वारा अस्थायी तटबन्ध निर्माण

काठमाडौँ- नवलपरासीको सुस्ता गाउँपालिका-५ मा नारायणी नदीको कटानबाट बस्ती जोखिममा परेपछि नेपाली सेनाले रातभर खटिएर अस्थायी तटबन्ध निर्माण गरी बस्ती संरक्षणमा सहयोग गरेको छ।

साउन २२ गते शुक्रबार राति नदीको कटान तीव्र भई बस्ती जोखिममा परेपछि नेपाली सेनाको गोरख दल गणबाट टोली खटिएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा रातभर निरन्तर काम गरी अस्थायी तटबन्ध निर्माण गरेको थियो। तटबन्ध निर्माणसँगै नारायणी नदीको कटान नियन्त्रण गर्न तथा बस्तीलाई सम्भावित क्षतिबाट जोगाउन सहयोग पुगेको निर्देशनालयले जनाएको छ।

नदी कटानका कारण जोखिममा परेको क्षेत्रमा नेपाली सेना, सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासबाट तत्कालीन जोखिम न्यूनीकरण तथा बस्ती संरक्षणमा सहयोग पुगेको हो।

प्रकाशित: २४ साउन २०८३ ११:३९ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast