गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

हिमाल प्रेस २४ साउन २०८३ ११:१२ | Sunday, August 9, 2026
2
SHARE
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

काठमाडौँ- जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ। आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन्।

गोसाइँकुण्ड मार्ग होटल व्यवसायी संघका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन्।

तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन्। लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ।

प्रकाशित: २४ साउन २०८३ ११:१२ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast