क्यानडा लगिदिने भन्दै ३७ लाख ठगी गर्ने काभ्रेका ४२ वर्षीय अच्युत दुलाल पक्राउ

हिमाल प्रेस २४ साउन २०८३ ८:५३ | Sunday, August 9, 2026
6
SHARES
क्यानडा लगिदिने भन्दै ३७ लाख ठगी गर्ने काभ्रेका ४२ वर्षीय अच्युत दुलाल पक्राउ

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वरबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल पक्राउ परेका छन् ।

जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६, का दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि २०८३ साउन २४ गते गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो ।

दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख रुपैयाँ लिएको सम्बन्धमा वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रकाशित: २४ साउन २०८३ ८:५३ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast