काठमाडौँको जमल र ठूलो भर्‍याङमा एकैदिन आगलागी

हिमाल प्रेस २४ साउन २०८३ ७:०१ | Sunday, August 9, 2026
6
SHARES
काठमाडौँको जमल र ठूलो भर्‍याङमा एकैदिन आगलागी

काठमाडौँ- काठमाडौँको जमलसहित दुई स्थानमा शनिबार आगलागी भएको छ । नागार्जुन नगरपालिका–२ ठूलो भर्‍याङ र जमलमा शनिबार आगलागी भएको हो ।

दुबै आगलागी दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार नागार्जुन–२ ठूलो भर्‍याङस्थित मञ्जु श्री ट्रेडर्सको दोस्रो तलामा विद्युतीय तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट करिब २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ बगलमुखी विशेष कार्यदल गणबाट खटिएको टोली आगो नियन्त्रणमा सक्रिय रूपमा परिचालन भएको थियो। नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, काठमाडौँ महानगरपालिका–२७ जमलस्थित एक स्थानीयवासीको चारतले घरमा शनिबार अचानक आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ बागभैरव गणबाट खटिएको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा जुटेको थियो। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ साउन २०८३ ७:०१ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast