बालेनलाई शंकरले भने : कार्यशैली बदल्नुहोस्, कहिल्यै एक्लो हुनुपर्दैन

हिमाल प्रेस २३ साउन २०८३ १३:३३ | Saturday, August 8, 2026
8
SHARES
बालेनलाई शंकरले भने : कार्यशैली बदल्नुहोस्, कहिल्यै एक्लो हुनुपर्दैन

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्।

प्रधानमन्त्री शाहले फेसबुकमा ‘एक्लै लड्नुपर्ने’ र ‘सही समय आउन केही समय लाग्ने’ भन्दै पोस्ट गरेपछि पोखरेलले त्यसको प्रतिक्रिया दिएका हुन्। प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गर्दै नआत्तिन आग्रह गरेका थिए। सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने भन्दै उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने स्थिति आउने र यो पहिलो पटक नभएको धारणा व्यक्त गरेका थिए।

शाहको उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्न सुझाव दिएका छन्। आफ्नै चुनावी वाचा र प्रतिबद्धता सम्झन, जनमतको सम्मान गर्न, संसदीय दल र सार्वभौम संसद्प्रति उत्तरदायी बन्न पोखरेलले प्रधानमन्त्री शाहलाई आग्रह गरे।

आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढेमा कहिल्यै एक्लो भएको अनुभूति गर्नुनपर्ने पोखरेलको भनाइ छ। तर अहिलेकै ढङ्गले चलेमा एक्लो मात्र नभई पूर्ण रूपमा असफल हुने निश्चित रहेको दाबी गर्दै पोखरेलले समय छँदै बेलैमा सचेत र गम्भीर बन्न प्रधानमन्त्री शाहलाई सचेत गराएका छन्।

 

प्रकाशित: २३ साउन २०८३ १३:३३ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast