ग्वार्को बस दुर्घटना हुँदा ज्यान गुमाउने महिलाको पहिचान खुल्यो [यी हुन् घाइतेहरू]

हिमाल प्रेस २१ साउन २०८३ १२:५२ | Thursday, August 6, 2026
24
SHARES
ग्वार्को बस दुर्घटना हुँदा ज्यान गुमाउने महिलाको पहिचान खुल्यो [यी हुन् घाइतेहरू]

काठमाडौँ- ललितपुरको ग्वार्कोमा बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान खुलेको छ। बिहीबार बिहान सवा १० बजे ललितपुर महानगरपालिका १७ ग्वार्को चोकको फ्लाइओभरको भित्तामा बस ठोक्किएर दुर्घटना भएको हो। बस अनियन्त्रित भएर भित्तामा ठोक्किएर पल्टिँदा एक जना महिलाको मृत्यु भएको थियो।

ज्यान गुमाउने दोलखाकी ४० वर्षीया जेनिशा लामा छिन्। काभ्रे तिमाल घर भई भक्तपुर मालपोत बस्ने ३६ वर्षीय लक्षी तामाङ चालक हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बा २ ख ३५९० नम्बरको मध्यपुर यातायात बस कोटेश्वर हुँदै सातदोबाटोतर्फ जाँदै थियो। दुर्घटनामा १८ जना घाइते भएका छन्।

९ जनालाई प्रहरीले बिएन्डबी अस्पतालमा र ९ जनालाई ग्लोबल हस्पिटलमा पठाएको छ।

 घाइतेहरू :

रामेछापकी २३ वर्षीया सुन्निमा योन्जन [गम्भीर घाइते]

कञ्चनपुरका २४ वर्षीय तुल्सी धानुकभक्तपुरकी ४० कि कबिता कार्की

सिन्धुलीका ३३ वर्षीय धन कुमार ढोङ

भक्तपुरका ३७ वर्षीया लक्ष्मी श्रेष्ठ

भक्तपुरका २४ वर्षीया रशिला दुलाल

भक्तपुरका ६० वर्षीय कृष्णराम थापा। ९सह(चालक०

काभ्रेका ४१ वर्षीय अमृता कार्की

ललितपुरकी ४० वर्षीया बिता केसी

दोलखाका २४ वर्षीय विवेक दाहाल

सिन्धुलीका १९ वर्षीय भगवती खत्री

भक्तपुरकी ४७ वर्षीया भगवती खत्री

भक्तपुरका २८ वर्षीया जुनु सिल्पकार

ललितपुरकी ४९ वर्षीया तुल्सीदेवी खड्का

मोहत्तरीका २१ वर्षीया अन्जु साह

काठमाडौंका २७ वर्षीय आशुतोष श्रेष्ठ

सिन्धुपालचोकका ३६ वर्षीय स्तर देउजा

भारतका ४५ वर्षीय मोहम्द समिम

प्रकाशित: २१ साउन २०८३ १२:५२ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast