आफ्नो नाममा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीप्रति उद्योगपति चौधरीको आपत्ति

हिमाल प्रेस २० साउन २०८३ १७:२४ | Wednesday, August 5, 2026
28
SHARES
आफ्नो नाममा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीप्रति उद्योगपति चौधरीको आपत्ति विनोद चौधरी । फाइल तस्बिर

काठमाडौँ- उद्योगपति विनोद चौधरीले आफ्नो नाम, तस्बिर, अभिव्यक्ति तथा सार्वजनिक पहिचानको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जाल र डिजिटल माध्यममा भ्रामक, अप्रमाणित तथा अनधिकृत सामग्री प्रकाशित र प्रसारण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

बुधबार सार्वजनिक गरिएको सूचनामार्फत चौधरीले आफ्नो नाम, तस्बिर वा पहिचान प्रयोग गरेर सार्वजनिक गरिएका सामग्रीहरूको आफ्नो आधिकारिक धारणा, अभिव्यक्ति वा संलग्नतासँग कुनै सम्बन्ध नरहेको बताएका छन्। यस्ता सामग्रीको उत्पादन, प्रकाशन वा प्रसारणमा आफू वा आफूसँग सम्बन्धित कुनै पनि आधिकारिक निकायको संलग्नता नरहेको उनको भनाइ छ।

चौधरीले भ्रामक सामग्री उत्पादन, प्रकाशन वा प्रचारप्रसार गर्ने व्यक्ति वा संस्थाविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाउन साइबर ब्युरोसहित सम्बन्धित निकायलाई जानकारी गराइसकेको जनाएका छन्। त्यस्ता सामग्री हटाउन र संलग्न पक्षलाई कानुनी दायरामा ल्याउन सम्बन्धित सरकारी निकायसँग आग्रह गरेका छन्।

उनले आधिकारिक समाचार माध्यम तथा चौधरी ग्रुपका आधिकारिक प्लेटफर्मबाट सार्वजनिक गरिएका सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्। यस्ता भ्रामक सामग्रीका आधारमा कसैलाई पनि रकम स्थानान्तरण नगर्नसमेत उनले आग्रह गरेका छन्।

प्रकाशित: २० साउन २०८३ १७:२४ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast