‘बान’ द्वारा संगीत रोयल्टी विवादमा सर्वोच्चको आदेशको स्वागत

हिमाल प्रेस १९ साउन २०८३ २२:०२ | Tuesday, August 4, 2026
10
SHARES
‘बान’ द्वारा संगीत रोयल्टी विवादमा सर्वोच्चको आदेशको स्वागत सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले संगीत रोयल्टीसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशलाई स्वागत गरेको छ।

सर्वोच्च अदालतबाट एफएम रेडियोहरूको हक, हित तथा कानुनी सुरक्षामा पक्षमा आदेश आएको भन्दै बानले स्वागत गरेको हो।

सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) र बानले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.नहकुल सुवेदीको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरी अन्तरिम आदेशसम्बन्धी छलफल नटुंगिएसम्म अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

आदेशअनुसार संगीत रोयल्टीका नाममा बान तथा एकोराबका सदस्य एफएम रेडियो, तिनका सञ्चालक, व्यवस्थापक, कर्मचारी तथा सम्बन्धित व्यक्तिविरूद्ध मुद्दा दायर गर्ने, पक्राउ गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानुनी जटिलता सिर्जना नगर्न सम्बन्धित निकायलाइ आदेश दिएको बानका अध्यक्ष ईन्जिनियर कुमार भट्टराईले जानकारी दिए।

उनले बान विगतदेखि संगीत सर्जक तथा सिर्जनाको सम्मान गर्दै कानुनसम्मत, पारदर्शी, व्यावहारिक र सबै पक्षलाई स्वीकार्य हुने रोयल्टीको व्यवस्थाको पक्षमा रहेको जनाएका छन्।

सर्वोच्चबाट जारी भएको आदेशले विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रसारण सेवाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको बानले विश्वास व्यक्त गरेको छ।

प्रकाशित: १९ साउन २०८३ २२:०२ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast