गृहमन्त्रीले मन्त्रालयमा गरे सनातन धर्मसम्बद्ध अगुवासँग छलफल

हिमाल प्रेस १९ साउन २०८३ १६:४८ | Tuesday, August 4, 2026
16
SHARES
गृहमन्त्रीले मन्त्रालयमा गरे सनातन धर्मसम्बद्ध अगुवासँग छलफल

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले धार्मिक क्षेत्रका सनातन धर्मसम्बद्ध अगुवाहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।

गृह मन्त्रालयमा मंगलबार भएको भेटघाट तथा छलफलमा धार्मिक क्षेत्रका प्रतिनिधिहरूको धारणा सुन्ने र त्यसका आधारमा निष्कर्षमा पुग्ने प्रयास गरिएको वार्तामा सहभागी रामकृष्ण उपाध्यायले जानकारी दिए।

उनका अनुसार समय अभावका कारण मंगलबार सबै सहभागीको धारणा सुन्न सम्भव नभएपछि अर्को साता पुनः बैठक बस्ने सहमति भएको छ।

‘गृहमन्त्रीज्यूले धार्मिक क्षेत्रमा रहेका सनातनी अगुवाहरूलाई बोलाएर उहाँहरूको भावना बुझ्दै निष्कर्ष निकाल्ने प्रयास गर्नुभएको हो,’ उपाध्यायले भने,‘आज सबैको कुरा सुन्न समय पुगेन, त्यसैले अर्को हप्ता फेरि छलफल गर्ने कुरा भएको छ।’

उपाध्यायका अनुसार छलफलमा अधिकांश सहभागीले हाल देखिएको जनभावना र धार्मिक समुदायका चासोलाई केन्द्रमा राखेर आफ्ना धारणा राखेका थिए।

प्रकाशित: १९ साउन २०८३ १६:४८ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast