काठमाडौँ- हावाहुरीसँगै भएको वर्षाका कारण विराटनगरका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
हावाहुरीले कतिपय क्षेत्रमा हाइभोल्टेज तारहरू चुडाएको छ । नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखाले तार चुँडिएको देखिए छेउछाउ नजान र कार्यालयलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
अवरुद्ध बिजुली सुचारु गर्न प्राविधिक तथा कर्मचारीहरू फिल्डमा खटिएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित: १९ साउन २०८३ ११:४६ | Tuesday, August 4, 2026
प्रतिक्रिया


