‘निम्स दाइ’को निधनले शोकमा जन्मथलो, अन्नपूर्ण गाउँपालिकामा आज बिदा

हिमाल प्रेस १८ साउन २०८३ ७:३१ | Monday, August 3, 2026
8
SHARES
‘निम्स दाइ’को निधनले शोकमा जन्मथलो, अन्नपूर्ण गाउँपालिकामा आज बिदा

काठमाडौँ- विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनको शोकमा आज म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शोक बिदा दिइएको छ।

अन्नपूर्ण गाउँपालिका ३ दाना पुर्जाको जन्मस्थल हो।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सूचना जारी गर्दै पुर्जासहितका पाकिस्तानको हिमपहिरोमा परेर निधन भएका पर्वतारोहीप्रति सम्मान प्रकट गर्न सोमबार गाउँपालिकामा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय र विद्यालय बन्द रहने जानकारी दिएका हुन्।

पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा पुर्जासहितको १० सदस्यीय पर्वतारोहीको हिमपहिरोमा परी निधन भएको थियो।

प्रकाशित: १८ साउन २०८३ ७:३१ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast