सेनाद्वारा आगलागी नियन्त्रण, मन्दिर स्तरोन्नति र चार जनाको उद्धार

हिमाल प्रेस १७ साउन २०८३ १३:२६ | Sunday, August 2, 2026
14
SHARES
सेनाद्वारा आगलागी नियन्त्रण, मन्दिर स्तरोन्नति र चार जनाको उद्धार

काठमाडौँ- नेपाली सेनाले दुर्गमलाई पहुँचसँग, पहुँचलाई विकाससँग र विकासलाई राष्ट्रिय सुरक्षासँग जोड्ने उद्देश्यका साथ विपद् व्यवस्थापन, उद्धार तथा विकास निर्माणका कार्यलाई निरन्तरता दिएको छ।

त्यसैगरी शनिबार राति करिब ९:४० बजे काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५, जम्बुडाँडा पहेँलो पुलस्थित एक काठ उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको थियो।

घटनालगत्तै नेपाली सेनाको नं. १ विपद् व्यवस्थापन गणबाट दमकलसहितको टोली खटिएको थियो। सेना, नेपाल प्रहरी, स्थानीय निकाय तथा स्थानीयवासीको संयुक्त प्रयासबाट आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ।

शीघ्र प्रभावी आयोजना अन्तर्गत जबरजंग गणले बर्दियाको ठाकुरबाबा नगरपालिका-९ स्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाकुरद्वारा मन्दिर परिसरमा मूल पुजारी घर र महाआरती सेडघर निर्माणसहित मन्दिर स्तरोन्नतिको कार्य सम्पन्न गरेको छ। निर्माण सम्पन्न भएपछि उक्त संरचना मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ।

यस्तै, अविरल वर्षापछि दोलखास्थित सिनर्जी जलविद्युत् आयोजनाको ड्याम साइटमा गएको पहिरोमा भीरमा अड्किएका आयोजनाका चार कर्मचारीको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। साउन ६ गते नेपाली सेनाको टोलीले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जोखिमपूर्ण अवस्थामा रहेका उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: १७ साउन २०८३ १३:२६ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast