काठमाडौँ- कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याइँदैछ।
उत्तरी कुवेतमा बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम घर भएका सोमकुमार तामाङको शव शनिबार ल्याउन लागिएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत उनको शव नेपाल ल्याउन लागिएको हो।
कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
इरानी मिसाइ आक्रमणबाट ४४ वर्षीय तामाङको बिहीबार मृत्यु भएको थियो।
कुवेतको उत्तरी क्षेत्रको फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा आक्रमण भएको थियो। तामाङ सन् २०२२ देखि कुवेतमा सवारी चालकको काम गर्दै आएका थिए।
प्रकाशित: १६ साउन २०८३ १५:०३ | Saturday, August 1, 2026
प्रतिक्रिया


