ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो

हिमाल प्रेस १६ साउन २०८३ १२:२८ | Saturday, August 1, 2026
6
SHARES
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो

काठमाडौँ– ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी (नायब सुब्बा) लाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले ३ लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले शनिबार दिएको जानकारीअनुसार उक्त कार्यालयका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरसहितका व्यक्तिलाई ललितपुर महानगरपालिकाकै वडा नं ४ स्थित एक होटलबाट शुक्रबार घुस रकमसहित पक्राउ गरिएको हो।

उनीहरूका साथै लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाललाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

जग्गाको बकसपत्र गराउन सेवाग्राहीसँग घुस मागेको गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई घुसबापत लिएको ३ लाख रुपैयाँसहित पक्राउ गरेको अख्तियारले जनाएको छ।

साथै उनीहरूको साथबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ।

उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: १६ साउन २०८३ १२:२८ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast