काठमाडौँ- सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेशलाई आजबाट हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै आज बिहान ८स्३० बजेदेखि साँझ ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिए ।
कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम ‘निषेध आदेश/निषेधाज्ञा’ भने जारी गरेको छ। यस आदेश अनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिसहरू भेला हुन वा जम्मा हुन पाउने छैनन्।
इटहरी उपमहानगरपालिकाको वडा नं। १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ(बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको वडा नं। १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँबायाँ क्षेत्र, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
यसअघि गत साउन १२ गते राति ९स्०० बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


