‘ह्रस्व दीर्घ’को छायांकन सुरु

हिमाल प्रेस २३ माघ २०७९ १५:२९
10
SHARES
‘ह्रस्व दीर्घ’को छायांकन सुरु

काठमाडौँ- अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य भूमिकामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु भएको छ। नीता फिल्मसअन्तर्गत निर्माण भइरहेको फिल्मको छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुरु भएको छ।

फिल्मको छायांकन सुरु भएको जानकारी नीताले सामाजिक सञ्जालमार्फत दिएकी छन्। उनले फेसबुकमा डेढ मिनेटभन्दा लामो भिडियो साझा गरेकी छन्।

जसमा फिल्म कहिले बन्ने? फिल्मले कलाकारमात्र थुपारेको छायांकन सुरु नभएको? जस्ता कमेन्ट आफूहरूले पाएको बताएकी छन्। ‘धेरै समयदेखि ‘ह्रस्व दीर्घ’बारे थुप्रै टीकाटिप्पणी भइरहेका थिए,’ भिडियोमा नीताले भनेकी छन्, ‘आजबाट फिल्मको छायांकन सुरु भएको छ।’

पछिल्लो समय फिल्ममा नरेन खड्का, वसिम रजा, लक्ष्मी पौडेल अनुबन्धित भएका थिए। त्यसअघि अभिनेत्री बिपना थापा ‘ह्रस्व दीर्घ’ सँग जोडिएकी थिइन्। लामो समययता फिल्मबाट टाढिएकी बिपना ‘ह्रस्व दीर्घ’बाट अभिनयमा पुनरागमन गरिरहेकी छन्।

फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारीलगायत कलाकार छन्। तीबाहेक दक्षिण भारतीय कलाकार पनि फिल्मसँग जोडिइसकेका छन्।

दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा खलनायक मंगलम श्रीनुको भूमिका निर्वाह गरेका कलाकार सुनील वर्मा, फिल्म ‘गजनी’ मा ‘गजनी धर्मात्मा’का भूमिकामा देखिएका कलाकार प्रदीप रावत, ब्रह्मानन्दलगायत पनि ‘ह्रस्व दीर्घ’सँग जोडिइसकेका छन्।

रामोजी फिल्म सिटी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको स्टुडियो हो। संसारकै सर्वाधिक ठूलो फिल्म सिटीका रूपमा चिनिन्छ यो। रामोजी फिल्म सिटीमा पहिलोपटक नेपाली फिल्म छायांकन हुन लागेको हो।

प्रकाशित: २३ माघ २०७९ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =