काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।
हिजो सबैजसो विदेशी मुद्राको भाउ बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
अमेरिकी डलरको मूल्य घट्यो, अस्ट्रेलियन डलर, युरो, पाउन्डको बढ्यो
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८८ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०५ रुपैयाँ २६ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९८ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९८ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५६ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा निर्धारण थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।


