आज साउन १५, देशभर खीर खाएर मनाइँदै परम्परागत पर्व

हिमाल प्रेस १५ साउन २०८३ ६:१३ | Friday, July 31, 2026
2
SHARE
आज साउन १५, देशभर खीर खाएर मनाइँदै परम्परागत पर्व

काठमाडौँ- आज साउन १५ गते देशभर परम्पराअनुसार खीर खाएर पर्व मनाइँदै छ।

असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ।

वर्षायाममा दूध प्रशस्त हुने र स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिएकाले यो चलन बसेको विश्वास गरिन्छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’का रूपमा मनाउँदै आएको छ।

यस वर्ष आठौँ खीर दिवस मनाइँदै जनाइएको छ।

प्रकाशित: १५ साउन २०८३ ६:१३ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast