सप्तरीको बोदेबरसाइन नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

हिमाल प्रेस १५ साउन २०८३ ५:४४ | Friday, July 31, 2026
10
SHARES
सप्तरीको बोदेबरसाइन नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सप्तरी- जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्तिसुरक्षा कायम राख्न बोदेबरसाइन नगरपालिका क्षेत्रमा बिहीबार राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू गरिएको उल्लेख गरिएको छ।

हुलाकी राजमार्गको खडक पुलदेखि प्रितमपुर चोक, नेगडा बैरिया चोक हुँदै मानराजा चोकसम्मको क्षेत्रमा कर्फ्यु लागू हुनेछ।

आदेश उल्लंघन गर्नेविरुद्ध कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।

प्रकाशित: १५ साउन २०८३ ५:४४ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast