काठमाडौँ- आफूलाई कन्टेन क्रिएटर र सोसल इन्फ्युजर भनेर चिनाउने सन्तोष देउजाले नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरेको घोषणा गरेका छन्। भरतपुर महानगरमा रेनु दाहाल मेयर हुँदा उनी निकट रहेका देउजाले अहिले नेकपा र त्यसको भातृ संगठन प्रेस सेन्टर परित्याग गरेको घोषणा गरेका छन्।
उनी सेन्टरको सचिव थिए। आफू अब विशुद्ध आफ्नै पेसामा लाग्ने र व्यवसायमा केन्द्रित हुने देउजाले बताएका छन्। साथै राजनीतिक गतिविधिलाई विश्राम दिँदै सबै किसिमका राजनीतिक आवद्धता निष्कृय पारेको उनले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।

प्रकाशित: १४ साउन २०८३ ९:१३ | Thursday, July 30, 2026
प्रतिक्रिया


