काठमाडौँ- विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौँको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ परेका हुन्।
सो डान्स क्लबले भारतीय नागरिकलाई कुटपीट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
उनीहरूले प्रहरी कर्मचारीको काममासमेत बाधा तथा हातपात गरेका थिए। उनीहरूको गतिविधमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: १४ साउन २०८३ ६:३३ | Thursday, July 30, 2026
प्रतिक्रिया


