कपिलवस्तुमा ट्रकसँग जुँधे दुई साइकल, उपचारका क्रममा तीनको मृत्यु

हिमाल प्रेस १३ साउन २०८३ १३:४५ | Wednesday, July 29, 2026
कपिलवस्तुमा ट्रकसँग जुँधे दुई साइकल, उपचारका क्रममा तीनको मृत्यु

काठमाडौँ- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकले दुईवटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना. ५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको नेपाल प्रहरीको समाचार शाखाले जनाएको छ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ गैडहवा बस्ने पैदलयात्री १२ वर्षीय आनन्द कश्यप तथा साइकलयात्रीहरू महाराजगञ्ज नगरपालिका–३ गनौरिया निवासी करिब ४५र४६ वर्षीय विजयकुमार गुप्ता र महाराजगञ्ज नगरपालिका–३ निवासी करिब ७५ वर्षीय भोल्लर कुर्मी रहेका छन्। दुर्घटनाका क्रममा ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो।

दुर्घटनापछि ट्रक र चालक जिल्ला मोरङ, विराटनगर महानगरपालिका–४ बस्ने ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिइएको छ। घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १३ साउन २०८३ १३:४५ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast