कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु

हिमाल प्रेस १३ साउन २०८३ १३:१० | Wednesday, July 29, 2026
20
SHARES
कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु

काठमाडौँ- बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्यांकीमा आज बिहान करिब ९ बजे उनीहरू फसेको नेपाल प्रहरीको समाचार शाखाले जनाएको छ।

प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु रहेका शाखाले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १३ साउन २०८३ १३:१० | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast