प्रचण्डको आह्वान- सामाजिक सद्भाव जोगाउन सबै पक्ष एकजुट बनौँ

हिमाल प्रेस १३ साउन २०८३ १०:३५ | Wednesday, July 29, 2026
8
SHARES
प्रचण्डको आह्वान- सामाजिक सद्भाव जोगाउन सबै पक्ष एकजुट बनौँ

काठमाडौँ- नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीको घटनालाई लिएर राजनीतिक आरोप प्रत्यारोपभन्दा राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै उनले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न सबै राजनीतिक दल, सरकार तथा सरोकारवाला पक्षले संयमता अपनाउनुपर्ने बताए।

उनले विगतमा भूकम्प, बाढीपहिरो र संविधान निर्माणजस्ता चुनौतीपूर्ण अवस्थामा दलहरूबीच सहकार्य भएको स्मरण गराउँदै अहिले पनि त्यही राजनीतिक परिपक्वता आवश्यक रहेको उल्लेख गरे।

प्रचण्डले बल प्रयोग दीर्घकालीन समाधान हुन नसक्ने भन्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखे।

घटनास्थलमा बाह्य रूपमा वातावरण बिगार्न खोज्ने समूह सक्रिय हुन सक्ने भएकाले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।

प्रकाशित: १३ साउन २०८३ १०:३५ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast