कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदै

हिमाल प्रेस १३ साउन २०८३ ७:०४ | Wednesday, July 29, 2026
8
SHARES
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदै

काठमाडौँ- मंगलबार निधन भएका कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदैछ। त्यस अघि पार्टी कार्यालयमा विहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिने छ ।

क्यान्सर पीडित श्रेष्ठको हिजो जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो। श्रेष्ठ २०७० को संविधानसभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। उनी त्यसअघि २०४८ र २०५६ र २०६४ मा स्याङ्जाबाटै विजयी भएका थिए।

उनले उपप्रधानमन्त्रीको जिम्मेवारीसहित शिक्षा, भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका उनी २०१७ सालदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय थिए।

श्रेष्ठ २०३६ को जनमतसंग्रह,२०४२ को सत्याग्रह,२०४६ को जनआन्दोलन र २०६२(६३ को दोस्रो जनआन्दोलनका सक्रिय रूपमा सहभागी थिए।

प्रकाशित: १३ साउन २०८३ ७:०४ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast