संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ हुँदै

हिमाल प्रेस १३ साउन २०८३ ६:३७ | Wednesday, July 29, 2026
10
SHARES
संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ हुँदै

काठमाडौँ- संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। आजको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ हुनेछ ।

सुरुमा उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

त्यसका लागि सुनवाइ समितिको बैठक आज बिहान सवा ११ बजे सिंहदबारमा बोलाइएको छ ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया तथा नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यताबारे प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

समितिले मंगलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

प्रकाशित: १३ साउन २०८३ ६:३७ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast