बालिकामाथि जबरजस्ती करणी गर्ने क्याफे सन्चालकसहित ५ पक्राउ

हिमाल प्रेस १२ साउन २०८३ ७:०० | Tuesday, July 28, 2026
8
SHARES
बालिकामाथि जबरजस्ती करणी गर्ने क्याफे सन्चालकसहित ५ पक्राउ

काठमाडौँ- मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

गएको साउन ३ गते बिहान मोरङ सुनबर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक १८ वर्षका मोहम्मद अरमानले ललाइफकाइ रंगेली नगरपालिका–०३ स्थित युमी क्याफेमा पुर्‍याएका थिए। त्यहाँ विभिन्न प्रलोभनमा पारी अरमानले जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक २१ वर्षका सुमन कुमार साहले पनि बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

यसैगरी, साउन ४ गते राति अन्दाजी २१:०० बजेको समयमा पीडित बालिकालाई रंगेली नगरपालिका–०७ का २० वर्षका करण मण्डलले रंगेली–०७ स्थित संसारी मन्दिर नजिकै रहेको ‘द नाइन्टीज’ क्याफेमा लगेका थिए। त्यहाँ मण्डलसहित १८ वर्षका प्रियान्सु साह र १८ वर्षका रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको छ।

घटनाबारे उजुरी परेपछि साउन १० गते दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा रंगेली–०३ आमतोला बस्ने १८ वर्षका मोहम्मद अरमान, सुनबर्षी–०९ बस्ने २१ वर्षका सुमन कुमार साह, रंगेली–०७ हर्दी टोल बस्ने २० वर्षका करण मण्डल, रंगेली–०७ बस्ने १८ वर्षका प्रियान्सु साह र रंगेली–०६ बस्ने १८ वर्षका रितिक यादव रहेका छन्।

पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित: १२ साउन २०८३ ७:०० | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast