सुरुङमार्गबाट ओलीको नाम हटेकोमा ‘दु:ख नमान्न’ ज्ञानेन्द्र शाहीको अनुरोध, सुनाए डोको फ्यालेको कथा

हिमाल प्रेस ११ साउन २०८३ १२:२५ | Monday, July 27, 2026
18
SHARES
सुरुङमार्गबाट ओलीको नाम हटेकोमा ‘दु:ख नमान्न’ ज्ञानेन्द्र शाहीको अनुरोध, सुनाए डोको फ्यालेको कथा

काठमाडौँ- ​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको बारे प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताए।

‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए’, उनले भने।

आफ्नो धारणा स्पष्ट पार्न शाहीले एक पुरानो कथाको उदाहरण दिएका छन्। उनले लेखेका छन्,‘एकजना छोराले आफ्नी वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न लगेछ। आमालाई फालेर फर्किएपछि उसको सानो छोराले भन्यो, ‘बुबा, त्यो डोकोचाहिँ नफाल्नुहोस् है, राखिराख्नुहोस्। भोलि तपाईं बूढो भएपछि तपाईंलाई फाल्न पनि यही डोको काम लाग्छ।’आज ठ्याक्कै त्यस्तै भएको छ।’

उनले थप भने,‘इतिहास मेटाउनेहरूले सधैँ सम्झनुपर्छ—आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ।’

प्रकाशित: ११ साउन २०८३ १२:२५ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast