राप्रपा नेता देवकोटाले छाडे पार्टी

हिमाल प्रेस ११ साउन २०८३ १२:१६ | Monday, July 27, 2026
16
SHARES
राप्रपा नेता देवकोटाले छाडे पार्टी

काठमाडौँ- ​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वजिल्ला उपाध्यक्ष तथा प्रवास विभाग केन्द्रीय सदस्य अंगत प्रसाद देवकोटाले पार्टीसँगको १८ वर्ष लामो राजनीतिक यात्रा अन्त्य गर्दै साधारण सदस्यसहित सबै पदबाट राजीनामा दिएका छन्। उनले २०८३ साल साउन २१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेका हुन्।

​पार्टीभित्रका पदलोलुप, स्वार्थी र अवसरवादी प्रवृत्तिले पार्टीलाई बन्धक बनाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। अघिल्लो निर्वाचनमा प्रदेश सभाका उम्मेदवारसमेत रहेका देवकोटाको यस कदमले राप्रपाभित्र, विशेषगरी जुम्लाको स्थानीय राजनीतिमा ठूलो प्रभाव पार्ने देखिएको छ।

जुम्लामा बलियो पकड भएका युवा नेता देवकोटाको बहिर्गमनले सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद ज्ञानेन्द्र शाहीको राजनीतिक समीकरणमा समेत असर पुग्न सक्ने आकलन गरिएको छ। पार्टी छाडे पनि हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र राष्ट्रवादी विचारका पक्षमा भने आफ्नो निरन्तर संघर्ष जारी रहने उनले स्पष्ट पारेका छन्।

प्रकाशित: ११ साउन २०८३ १२:१६ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast