काठमाडौँ- अविरल वर्षासँगै आएको बाढी र पहिरोले घर पुरिँदा म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीमा एक जनाको मृत्यु भएको छ ।
७० वर्षीय लालबीर छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए। उनका अनुसार प्रहरी टोली पैदल यात्रा गरी घटनास्थलतर्फ गइरहेको छ। बाटो अवरुद्ध भएकाले सवारी चल्न सकेको छैन ।
प्रहरीकाअनुसार राति पहिरोले घर पुर्दा अन्य सदस्य बाहिर निस्किए पनि ७० वर्षीय लालबीर भित्रै पुरिएका थिए।
‘उहाँलाई मृत अवस्थामा निकालेको भन्ने छ । स्थानीयसँग प्रहरीले सम्पर्क गर्दा यो सूचना आएको छ । ठाउँ ठाउँमा बाटो अवरुद्ध सवारी साधन नजाने भएकाले प्रहरी पुगिसकेको छैन । अब केही समयपछि पुग्छ,’ सूचना अधिकारी तिमिल्सिनाले भने ।
प्रकाशित: ११ साउन २०८३ ८:१५ | Monday, July 27, 2026
प्रतिक्रिया


