निर्मला पन्त हत्या : आठ वर्ष पूरा, अनुसन्धान अधुरै

हिमाल प्रेस १० साउन २०८३ २१:१८ | Sunday, July 26, 2026
8
SHARES
निर्मला पन्त हत्या : आठ वर्ष पूरा, अनुसन्धान अधुरै

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पुगिसक्दा पनि प्रहरीको अनुसन्धान पूरा हुन सकेको छैन्।

आठ वर्षअघि २०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव निम्बुखेडाको उखुबारीमा भेटिएको थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै चासोको विषय बनेको निर्मला प्रकरणमा प्रहरी संयन्त्र निरन्तर अनुसन्धानमा रहे पनि हत्यारा नजिक पुग्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका साथै प्रहरीको माथिल्लो तहबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली अझै पनि घटनामा विभिन्न कोणबाट अनुसन्धानरत छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान जारी रहेको बताए।

‘यो प्रकरणमा प्रहरी संगठनले सघन रुपमा लामो समयदेखि अनुसन्धान गर्दैछ,’ प्रवक्ता रावतले भने, ‘प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि गम्भीर चासोका साथ विभिन्न कोणबाट अनुसन्धान जारी छ।’

हरेकजसो सरकार गठन हुँदा निर्मलाको न्यायका लागि आवाज उठाउँदै आएको प्रकरण पनि हो। निर्मला प्रकरणले उग्ररुप लिँदा महेन्द्रनगरमा आन्दोलनमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ भगतपुरका सन्नी खुनाले ज्यान गुमाएका थिए।

सयौँ व्यक्ति अनुसन्धानको घेरामा ल्याएको प्रहरीभित्र पनि डीएनए परीक्षणदेखि सुरक्षाकर्मीसमेत अनुसन्धानमा तानिएका थिए।

माथिल्लो तहबाट छानबिन समिति गठन हुनेदेखि राज्यले गम्भीर भएर घटनाको अनुसन्धान जारी राखेको भए पनि अभियुक्तको पहिचान गरी कानूनी दायरामा ल्याउन भने आठ वर्ष बित्दा समेत सकिएको छैन।

प्रकाशित: १० साउन २०८३ २१:१८ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast