काठमाडौँ- चीनबाट आयात भएको विद्युतीय ईभी गाडी शनिबार साँझ भोटेकोसीमा खस्दा सवारीसाधन सहित चालक बेपत्ता भएकाछन्।
सवारीसाधन सँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए।
सवारी साधन भन्सार जाँच पास गराई काठमाडौँ लैजाने क्रममा गोसाइँकुण्ड गाउँपालिका पाँच स्याफ्रुबेँसीको दक्षिण चलिमे जलविद्युत् केन्द्र अगाडि भोटेकोसीमा खसेको थियो।
घटनाको सूचना पाउना साथ जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीसहितको टोली खोज तथा उद्धारमा लागेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवप्रसाद अधिकारीले बताए।
यसैक्रममा रसुवा भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले दुर्घटना स्थल पुगेर खोज तथा उद्धारका लागि निर्देशन दिएका छन्।


