प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ

हिमाल प्रेस ९ साउन २०८३ १२:४२ | Saturday, July 25, 2026
16
SHARES
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ

झापा- बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्।

प्रहरी वरिष्ठ हवल्दार खमबहादुर थापाको टोलीले शुक्रबार राति करिब ११ः०० बजे लागूऔषध कारोबार गर्ने दुई जना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मा रहेका छन्। उनीहरुको साथबाट दुई ग्राम ८४० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ९ साउन २०८३ १२:४२ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast