महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दियो, एकको मृत्यु

हिमाल प्रेस ९ साउन २०८३ ८:०९ | Saturday, July 25, 2026
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दियो, एकको मृत्यु

काठमाडौँ- काठमाडौँको महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिएको छ। महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभीले दुई वटा ट्याक्सी, पिकअप योद्धा र बस लगायतका सवारीसाधनलाई ठक्कर दिएको हो।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। लमजुङ घर भएका रामकृष्ण अवालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। घाइतेहरूको त्रिवि शिक्षण अस्पताल र मेट्रो अस्पतालमा उपचार हुँदै छ।

प्रकाशित: ९ साउन २०८३ ८:०९ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast