घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ

हिमाल प्रेस ९ साउन २०८३ ८:०६ | Saturday, July 25, 2026
4
SHARES
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ

काठमाडौँ- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –१३ घर भई हाल ओमसतिया गाउँपालिका –०४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् ।

शुक्रबार साउन ८ गते साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले “म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग रु। १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको थियो ।

उनको शरीर तथा डेरा कोठाको खानतलासी गर्दा कोठामा लुकाई छिपाइ राखिएको नक्कली रिभल्भर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, लागु औषध गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद रु। २ हजार ६ सय बरामद गरि बरामद सामग्री सहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: ९ साउन २०८३ ८:०६ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast