लुगा सुकाउने झन्झट अन्त्य गर्न सीजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

हिमाल प्रेस ७ साउन २०८३ १६:३१ | Thursday, July 23, 2026
2
SHARE
लुगा सुकाउने झन्झट अन्त्य गर्न सीजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौँ – वर्षायाम (मनसुन) सँगै घरघरमा देखिने लुगा नसुक्ने, ओस र गन्ध आउने समस्यालाई समाधान गर्ने उद्देश्यले सीजीको प्रिमियम ब्रान्ड ‘सीजी मेरिडिया’ ले अत्याधुनिक ‘फ्रन्ट लोड वाशर ड्रायर’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो नयाँ मेसिनले लुगा धुने र पूर्ण रुपमा सुकाउने दुवै काम एकैपटक गर्ने भएकाले मनसुनको समयमा उपभोक्ताका लागि यो उत्कृष्ट र भरपर्दो समाधान हुने कम्पनीको दाबी छ।
१० केजी धुने र ७ केजी सुकाउने क्षमता रहेको यस मेसिनमा बेल्ट र पुल्लीरहीत ‘डाइरेक्ट ड्राइभ’ मोटर प्रयोग गरिएको छ। यसले आवाज र कम्पन निकै कम गर्नुका साथै बिजुलीको समेत बचत गर्छ। कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी दिएको छ।
बाहिर जस्तोसुकै झरी परे पनि लुगा मेसिनभित्रै पूर्ण रुपमा सुक्ने हुँदा धोएपछि सिधै लगाउन वा दराजमा पट्याएर राख्न सकिने कम्पनीले जनाएको छ।
मनसुनमा लुगामा आउने ब्याक्टेरिया र ढुसीको गन्ध हटाउन यसमा विशेष प्रविधिको प्रयोग गरिएको र ‘एन्टी ब्याक्टेरिया ग्यासकेट’ ले ढोकामा फंगस लाग्न नदिने जनाइएको छ।
‘अटो डोज’ प्रविधिले लुगाको तोल र फोहोर अनुसार चाहिने डिटर्जेन्ट आफैँ लिने कम्पनीले जनाएको छ। सुपर स्पा र जेट स्प्रेजस्ता प्रविधिले लुगाको रेसारेसामा पुगे जिद्दी दागहरु सजिलै हटाइ कपडालाई नयाँ जस्तै चम्किलो राख्ने गरेको कम्पनीको भनाइ छ।
आकर्षक ‘डार्क ग्रे’ र ५२० एमएमको ठूलो ढोकासहित आएको यो उत्पादनकले ग्राहकको समय र मेहनत दुवै बचत गर्ने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: ७ साउन २०८३ १६:३१ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast