काठमाडौँ- नेपालमा औपचारिक रुपमा सार्वजनि भएको एक महिनामै जीडब्लूएमको प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले बजारमा बलियो उपस्थिति जनाएको छ।
अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा र आकर्षक डिजाइनका कारण छोटो समयमै यसले नेपाली ग्राहकको ध्यान आकर्षित गर्न सफल भएको हो।
नेपालका लागि जीडब्लुएमको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिका अनुसार गाडी सार्वजनि भएयता देशभरका शोरुमहरुमा ग्राहकको आगमन, सोधपुछ, टेस्ट ड्राइभ र बुकिङ उल्लेखनीय रुपमा बढेको छ।
सुरक्षित ड्रागन आर्मर ब्याट्री जीडब्लुएमको विशेषता रहेको वितरकले जनाएको छ। जीडब्लुएमको आफ्नै भगिनी संस्था ‘एसभोल्ट इनर्जी’ ले विकास गरेको यस ब्याट्रीमा पाँच तहको सुरक्षा प्रणाली रहको जनाइएको छ।
त्यस्तै एक पटकको फुल चार्जमा ५२० किलोमिटरको ड्राइभिङ रेन्ज दिने यस एसयूभमिा नेपाली सडक सुहाउँदो २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको वितरकले जनाएको छ।
५–स्टार यूरो एनसीएपी र एनसीएपी सेफ्टी रेटिङ प्राप्त यस गाडीमा २० भन्दा बढी एडीएएस फिचर, साटवटा एयर ब्याग, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, कफी ओएस–३ स्मार्ट ककपिटलगायतका सुविधासमेत रहेका छन्।
नेपाली बजारमा ओरा–५ दुईवटा भेरियन्टमा उपलब्ध रहेका छन्। मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रहेको वितरकले जनाएको छ।
निकट भविष्यमै हाभल जोलियन म्याक्स ईभी र अल–न्यु हाल एच–७ पनि नेपाली बजारमा भित्र्याउने वितरकको तयारी रहेको छ।



