सेनाले गर्‍यो पहिरोमा परी भीरमा अड्किएका चार जनाको उद्धार

हिमाल प्रेस ७ साउन २०८३ १५:०३ | Thursday, July 23, 2026
10
SHARES
सेनाले गर्‍यो पहिरोमा परी भीरमा अड्किएका चार जनाको उद्धार

काठमाडौँ- दोलखाको गौरीशंकर गाउँपालिका-९, मुलखर्कमा अविरल वर्षापछि आएको चट्टानसहितको पहिरोमा परी भीरमा अड्किएका चार जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार साउन ५ गते आएको पहिरोमा सिनर्जी जलविद्युत आयोजनामा कार्यरत चार कर्मचारी भीरमा अलपत्र परेका थिए।

उनीहरूलाई नेपाली सेनाको खोज तथा उद्धार टोलीले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा साउन ६ गते सुरक्षित रूपमा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको हो।

त्यसैगरी, सोही पहिरोमा परी बेपत्ता भएका गौरीशंकर गाउँपालिका-९, मुलखर्क निवासी करिब ७० वर्षीय एक वृद्धको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।

अविरल वर्षासँगै पहाडी जिल्लाहरूमा पहिरोको जोखिम बढ्दै गएको भन्दै नेपाली सेनाले आवश्यक परेमा तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुने जनाएको छ।

प्रकाशित: ७ साउन २०८३ १५:०३ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast