प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहलाई कालो झण्डा देखाउन पुगेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
घरेलु हिंसामा परेको र अदालतमा विचाराधिन मुद्दा छिटो सुनुवाई हुनुपर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गर्दै आइरहेका निहारिका राजपुत र विनु यादव शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ परेका हुन्।
प्रधानमन्त्रीलाई सांकेतिक विरोधस्वरुप कालो झण्डा देखाउन पुगेका उनीहरुलाई झण्डा देखाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: ७ साउन २०८३ ११:५८ | Thursday, July 23, 2026
प्रतिक्रिया

