काठमाडौँ- चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि आवेदन दिएकामध्ये १२ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ।
बर्दियाका प्रा.डा. दयाराम पोखरेल, काठमाडौँका प्रा.डा.दिपेन्द्रबहादुर श्रेष्ठ, प्रा.डा.संघरत्न बज्राचार्य, प्रा.डा.सञ्जयकुमार श्रेष्ठ र प्रा.डा.सुरज बज्राचार्य, भक्तपुरका प्रा.डा.दिलिप शर्मा र प्रा.डा.सन्ध्या चापागाईँ आचार्य, महोत्तरीका प्रा.डा.विनोदकुमार यादव, ललितपुरका प्रा.डा.मृगेन्द्र अमात्य, प्रा.डा. सैलेश प्रधान, प्रा.डा. रविन्द्रमान श्रेष्ठ र प्रा.डा. विष्णुप्रसाद शर्मा रहेका छन्।
उनीहरूको यही साउन ८ गते सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा प्रस्तुतीकरण र अन्तर्वार्ता राखिएको छ।
आयोगको निर्देशकका लागि गएको असार २६ गते दरखास्त आह्वान भएको थियो। दरखास्त पेस गर्ने उम्मेदवारहरूले चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोटसम्बन्धी कार्यविधि,२०८३ बमोजिम चिकित्सा शिक्षा आयोगको निर्देशनालय र बोर्डको कामसँग सम्बन्धित दक्षता र सम्बद्ध क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल र व्यावसायिकता प्रदर्शन गरे बापतको प्राप्तांक, कार्य अनुभव वापतको प्राप्तांक र सोचपत्रको मूल्यांकन वापतको प्राप्तांकको कुल प्राप्तांकमा सबैभन्दा वढी अंक प्राप्त गर्ने १२ जना सर्टलिस्टमा परेका सूचनामा उल्लेख छ।

