कीर्तिपुरमा निजी कारमा आगलागी, चालक मृत फेला

हिमाल प्रेस ५ साउन २०८३ १३:०३ | Tuesday, July 21, 2026
4
SHARES
कीर्तिपुरमा निजी कारमा आगलागी, चालक मृत फेला

काठमाडौँ- कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा एक निजी कारमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

मंगलबार बिहान ट्याङ्लाफाँटको चाँदनीचोक नजिकै बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एसपी नरेशराज सुवेदीले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताए ।

उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको सुवेदीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ५ साउन २०८३ १३:०३ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast