भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका १४ लाख ८६ हजारका सामान बरामद

हिमाल प्रेस ५ साउन २०८३ ८:२६ | Tuesday, July 21, 2026
8
SHARES
भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका १४ लाख ८६ हजारका सामान बरामद

काठमाडौँ- भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका लत्ताकपडा, औषधि तथा कस्मेटिक सामान सशस्त्र प्रहरीले मोरङबाट बरामद गरेको छ। सामानसहित सवारी साधन र एक जना आरोपीलाईसमेत पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरीको टोलीले मोरङका विभिन्न स्थानबाट १४ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको सामान, सवारी साधन र व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली सिटी सफारीमा लोड गरी ल्याउँदै गरेको ३ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ।

सोही टोलीले बिल बिजक बिना कुरियरमार्फत पठाउन तयार पारिएको अवस्थामा ५ लाख ८० हजार २८० रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका लत्ताकपडा तथा कस्मेटिक सामानसमेत बरामद गरेको छ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीबाट खटिएको डिउटी टोलीले विभिन्न स्थानबाट ५ लाख ५२ हजार ४६० रुपैयाँ बराबरको औषधि, स्कुटर, सिटी सफारी र कागती नियन्त्रणमा लिएको जनाएको छ।

अवैध रूपमा भन्सार छली ल्याइएका सामान, प्रयोग गरिएका सवारी साधन र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: ५ साउन २०८३ ८:२६ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast