संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित आयुक्तहरूको उजुरी खोलिने

हिमाल प्रेस ५ साउन २०८३ ७:०९ | Tuesday, July 21, 2026
6
SHARES
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित आयुक्तहरूको उजुरी खोलिने

काठमाडौँ- संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बैठक बस्ने भएको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गरेको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको समितिले जनाएको छ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो। सोही बैठकले निर्वाचन आयुक्त पदमा डा।राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

संसदीय समितिबाट प्रस्तावित ती पदहरुको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ।

 

प्रकाशित: ५ साउन २०८३ ७:०९ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast