ललितपुरको नख्खुबाट ठूलो परिमाणमा लागुऔषधसहित एक पक्राउ

हिमाल प्रेस ५ साउन २०८३ ६:३१ | Tuesday, July 21, 2026
2
SHARE
ललितपुरको नख्खुबाट ठूलो परिमाणमा लागुऔषधसहित एक पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- ललितपुरको नख्खु क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ‘पोल्याड’सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार नख्खु फूलबारी मार्गबाट २८ वर्षीय एक युवकलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका ५ घर भई हाल ललितपुर महानगरपालिका २५ नख्खु बस्ने २८ वर्षीय तीर्थ बहादुर ठोकर रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, सो क्षेत्रमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा साउन ३ गते बेलुका करिब ७:३० बजे प्रहरी वृत्त सातदोबाटोबाट सादा पोशाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

ठोकरको साथबाट प्रहरीले प्लास्टिकसहित २ किलो ७९३ ग्राम पोल्याड जस्तो देखिने लागुऔषध र तौल गर्न प्रयोग गरिने एक थान डिजिटल तराजु बरामद गरेको छ।

पक्राउ परेका ठोकरमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

प्रकाशित: ५ साउन २०८३ ६:३१ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast